१३ जुवाडे पक्राउ,काँसघारीभित्र खेल्दै थिए जुवा

गौर । जिल्लाको दुर्गाभगवती गाउँपालिक वडा नं ३ बाट जुवाडे पक्राउ परेका छ्न । कौडा खेल्दै गरेको अवस्थामा रौतहट प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
दुर्गा भगवती गाउँपालिकाको मत्सरीस्थित वाग्मती खोलामा बन्दै गरेको पुलबाट दक्षिणतर्फको काँसघारीभित्र कौडा खेलिरहेको अवस्थामा मंगलवार बेलुकी पाँच बजेको समयमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले पाँच लाख १६ हजार नगद, १२ वटा मोवाइल र तीन वटा मोटरसाइकल बरामद गरेको छ । कौडा खेलिरहेको विशेष सूचनाको अधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles