चन्द्रपुर । चन्द्रपुर नगरपालिका ६ का वडाध्यक्ष खड्ग कुश्वार साधारण तारेखमा रिहा भएका छन ।
वडा नम्बर ६ बस्ने चिना कोइराला समेतले ठगी गरेको भन्दै वडाध्यक्ष कुश्वारको विरुद्धमा जाहेरी दर्ता गराएपछि वडाधक्ष्य कुश्वार समेतलााई बिपक्षी बनाई प्रहरिले मुद्दा दाहेर गरेको थियो । सो मुद्दामा बिहिबार जिल्ला अदाालत गौरमा आफै हाजिर भएर बयान दिएपछी माननीय जिल्ला न्यायाधीश बाबुराम सुबेदिको इजलाशले अध्यक्ष् कुश्वारलाई साधारण तारेखमा रिहा गर्न आदेस गरेको हो ।
जाहेरवाला गिता राई समेतको कपाली तमसुखमा मुलुकी देवानी कार्यबिधी समिता २०७४ को दफा ३६(२) बमोजिम प्रमाणित गरिदिएको आधारमा निज उपर गृह मन्त्रालयको ठाडो आदेशमा मुद्दा दर्ता गरिएको थियो । जिल्ला अदालत रौतहटको आदेशमा कानुन वमोजिम कागज प्रमाणित गरिदिएको आधारमा दोशी भन्न नमिल्ने भन्दै आदेश जारी गरेपछि कुस्वार रिहा भएका हुन ।


