निजगढ । मंगलबार बिहान बाराको निजगढमा एक युवकको हत्या भएको घटनामा प्रहरीले एकजना शंकास्पद व्यक्ति रौतहटको चपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति मृतकको साथी भएको हुन सक्ने समाचार स्रोतले जनाएको छ । तर प्रहरीले पक्राउ पर्ने व्यक्तिको विवरण सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले शंकास्पद एकजना व्यक्ति पक्राउ परेको र उनको घट्ननामा सम्लग्न्ताबारे भेरिफाइ गर्न बाँकी रहेको बताए । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा चन्द्रनिगाहपुरका १९ बर्षका रोहित शर्माको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ ।


