चन्द्रपुर । मंगलबार बिहान रौतहटको कटहरिया बाट गाडिसहित सालको गओलिया बरामद भएको छ । जंङ्गसहिया साझेदारी वनबाट साल जातको रुख काटी टुक्रापारी ना.२ च.८१९१ नम्बरको बलेरो पिक अपमा लोड गरि धनसार जंगलसहिया सडक खण्ड हुँदै गाउँ तर्फ लगिरहेको अबस्थामा ५.३९ क्युफिट काठ बरामद भएको डिभिजन वन कार्यालय रौतहटले जानकारी दिएको छ । डिभिजन बन कार्यालय रौतहटका निमित्त डिभिजनल बन अधिकृत अमरदेव प्रसाद यादबको नेतृवमा गएको गस्ती टोलिले कटहरिया न.पा.वडा न.४ बस्ने गाडिका चालक मेतु दासलाई समेत पक्राउ गरेको र गाडी,काठ र मानिसलाइ आवश्यक कारवाहिको लागि अनुसन्धानको क्रममा डिभिजन वन कार्यालयमा राखिएको वन कार्यालयले जानकारी दिएको छ ।


