एकैदिन फुटायो प्रहरीले ७ अबैध मदिरा भट्टी

गौर,९ चैत । रौतहटका बिभिन्न स्थानमा प्रहरीले अबैध मदिरा भट्टीमा छापा मारेको छ । जिल्लामा अबैध रुपमा संचालन रहेका घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने कार्य अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालय, रौतहट र मातहत प्रहरी ईकाईहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको राजपुर नगरपालिका वडा नं.२ मा अबैध रुपमा संचालनमा रहेको घरेलु मदिरा बनाउने २ वटा भट्टी फुटाएको छ भने १ हजार लिटर कच्चा पदार्थ,तयारी मदिरा ६० लिटर नष्ट गरी घरेलु मदिरा बनाउने मेशिन १ थान,ड्रम–५ वटा बरामद गरेको छ । त्यस्तै परोहा नगरपालिका वडा नं.४ मा घरेलु मदिरा बनाउने भट्टी–४ वटा फुटाइएको छ भने २ हजार लिटर कच्चा पदार्थ नष्ट गरी र ७ वटा ड्रम वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । त्यस्तै जिल्ला बौधीमाई नगरपालिका वडा नं.१ मा घरेलु मदिरा बनाउने १ भट्टी–१ तोडफोड गरिएको छ भने १५ सय लिटर कच्चा पदार्थ र ३० लिटर तयारी मदिरा नष्ट गरी ४ वटा ड्रम र एउटा मेशिन बरामद गरेको प्रहरी कार्यालयले जनाएको छ । सोमबार एकै दिन घरेलु मदिरा बनाउने ७ भट्टी फुटाउनुका साथै ४५ सय लिट् कच्चा पदार्थ र ९० लिटर तयारी मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ । भट्टीहरु को–कसको स्वामीत्वमा संचालनमा रहेको भन्ने बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटे जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles