बसको ठक्करबाट १ जनाको मृत्यु र १ जना घाईते

चन्द्रपुर । पुर्ब-पश्चिम राजमार्गमा आइतबार राती भएको सवारी दुर्घटनामा १ को मृत्यु भएको छ भने १ जना घाइते भएका छ्न । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित पुर्व पश्चिम राजमार्गको बगमति बजारमा पश्चिमबाट पुर्व तर्फ जादै गरको ग.१ ख-६४४७ नं.को बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश नं. २-०३-०११ प-७८७९ को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक चन्द्रपुर नगरपालिका वडा नं. १ बागमति डाँडाटोल वस्ने वर्ष ३४ को कुमार लुङगेलीको मृत्यु भएको छ । उनको टाउको र सरिरका विभिन्न भागमा चोट लागेपछि चन्द्रपुर हस्पिटल प्रालिमा उपचारकालागि ल्याइएको र उपचारका क्रममा उनको सोमबार मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपि लिलाराज लामिछानेले जानकारी दिनुभयो । मोटरसाईकलको पछाडी बागमति १ बस्ने २७ बर्षका जय बहादुर दर्लामीको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको र चन्द्रपुर हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौ रिफर गरिएको लामिछानेले जानकारी दिनुभयो । बस र बस चालक सुनसरी बराह नगरपालिका वडा नं. ८ वस्ने वर्ष ३७ को युवराज आचार्यलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको न्यायीक हिरासतमा राखि अनुसन्धान भईरहेको उहाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles