बैशाख २१ गतेसम्म चन्द्रपुर नगरपालिकाले आन्तरिक बाहेक गर्यो सबै सेवा बन्द

चन्द्रपुर । चन्द्रपुर नगरपालिका यही बैशाख १५ गतेबाट बन्द हुने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरि बुधबारबाट चन्द्रपुर नगरपालिकाको आन्तरिक सेवा बाहेक सम्पुर्ण सेवाहरु बन्द हुने भएको हो । चन्द्रपुर नगरपालिकामा रहेका १० वटा वडा कार्यालयहरु समेत बन्द हुने नगरपालिकाले जनाएको छ । ति सबै वडा कार्यालयहरुले आफ्नो आन्तरिक सेवा बाहेकका सबै सेवा बुधबारबाट बन्द गर्ने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताउनु भयो । मुलुकभर कोरोना संक्रमण दर बढ्दै गएको हुदै गर्दा रौतहटमा पनि दिनानुदिन कोरोना संकटको सम्भावना बढ्दै गएका बुधबार १५ गतेबाट बैशाख २१ गतेसम्म नगरपालिकाको आन्तरिक सेवाका लागी मात्र नगरपालिका सञ्चालन हुने नगरप्रमुख चौधरीले बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles