रौतहटमा सवारी साधन , होटल ,रेस्टुरेन्ट पूर्ण रुपमा बन्द हुने

रौतहट २२,बैशाख
रौतहट सदरमुकाम गौर सहित जिल्लाको विभिन्न स्थानहरुमा बढ्दो भिडभाडलाई नियन्त्रण गर्ने उद्देश्यबाट आउदो शुक्रवार राति १२ बजे देखि सवारी साधनको साथै होटेल रेष्टुरेन्ट बन्द गर्ने भएको छ । रौतहटमा पनि कोरोना संक्रमितको दर बढ्दै गएकोले होटल तथा सवारी साधन बन्द गरिएको रौतहटका सिडिओ इन्द्रदेव यादवले बताउनुभयो । रौतहटमा अहिले सम्म दोस्रो चरणको कोरोना सक्रिय संक्रमितको संख्या १९० रहेको छ। जसमध्य सबै भन्दा बढी गौर नगरपालिकामा ४९ जना संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles