रौतहटका अधिकांश स्थान जलमग्न, ३ घरमा क्षती

चंद्रपुर । केही दिनदेखी परिरहेको अविरल बर्षाका कारण रौतहट जलमग्न बनेको छ । जिल्लाका मुख्य व्यापारीक केन्द्र चन्द्रनिगाहपुर,गरुडा,कटहरिया,सदरमुकाम गौर जलमग्न बन्दा जिल्लाभित्र आवत जावत गर्न समेत समस्या भएको छ । चन्द्रपुर २ को पुर्व—पश्चिम राजगमार्गस्थित लच्कामा बाढी आउँदा सवारीसाधन संचालनमा समस्या भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

लच्कामा सवारी साधन र सर्वसाधारण आरपार गराउन २४ सै घण्टा प्रहरी परिचालन गरिएको डिएसपी लामिछानेले बताए । उता सदरमुकाम गौर जाने सवगढास्थित लच्कामा समेत बाढी आएका कारण गौर—चन्द्रनिगाहपुर सडकखण्ड अबरुद्द भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


अविरल बर्षाका कारण ३ घरमा क्षती पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लाको दुर्गा भगवती गाँउपालिका ५ गढैयाका संजीव कुमार गिरीको घरमा बाढी पस्दा १ लाख,राजपुर नगरपालिका २ बलुवाका शेख अबु मोहमदको घरमा बाढी पस्दा २ लाख र यमुनामाई गाँउपालिका २ भेडीयाहीका आनन्दी ठाकुरको घरमा बाढी पस्दा ३ लाख रुपैंया बराबरको क्षती भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles