बागमती । बागमति नदिमा पानीको सतह सनिवार पनि बढेको छ ।जल तथा मौषम बिभागको मापन अनुसार बागमती नदिमा बिहान मापन गर्दा ७ सय ३० मिलिलिटर रहेको छ । यो खतराको सिमा भएकाले बागमतीमा रहेको सिचाइ आयोजनाको ३० वटै ढोका खोलिएको छ ।
नहरको पुर्वी र पस्चिम नहरको मुख्य ढोकाहरु बन्द गरीएको रौतहटका प्रमुख जिल्ला अघिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन ।

यता लाल बकैया नदिमा मा पनि पानी को सतह ५ फिट भन्दा माथी रहेको प्रजिअ यादबले जानकारी दिए । लालबकैया, चादी , झांझ नदिहरुमा पानीको सतह बढीरहेकाले नदि आसपासका बासिन्दालाई सतर्कता अपनाउन प्रजिअ यादबले आग्रह गरेका छन् । राजदेवी नगरपािलका स्थित बागमती नदि किनार को स्परमा क्षेती पुगेकाले राति नै सुरक्षाकर्मिले स्पर मर्मत गरेको प्रजिअ यादवले जानकारी दिएका छन ।


