चन्द्रपुर । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाकी धर्म पत्नी रेणु तिमल्सिनाको निधनमा प्रभुत्व बर्ग र सामाजिक संघ संस्था बाट समबेदना दिने क्रम जारी रहेको छ । सोहिक्रममा राम कुमार कोइराला स्मृति प्रतिष्ठानले आज स्वर्गीय रेणु तिमल्सिनाको निधन प्रति गहिरो दुख ब्यक्त गर्दै उहाको परिबारमा धैर्यधारण गर्न शक्ति मिलोस भनी कामना गरेको छ । यस्तै प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश अहिराजले समेत स्वर्गीय रेणु तिमल्सिनाको श्रीमान देब प्रसाद तिमल्सिना लाई भेट्नु भएको छ । यस्तै विभिन्न शिर्ष ब्यक्ती, शुभ चिन्तक, बिद्यार्थीहरुले सामाजिक संजाल मार्फत स्वर्गीय रेणु तिमल्सिनाको चिर शान्तिको कामना गरेका छन । स्वर्गीय रेणु तिमल्सिनाको किरीयामा उहाको श्रीमान देव प्रसाद तिमल्सिना आफै बस्नु भएको छ । स्वर्गीय रेणु तिमल्सिनाको आत्माको चिर शान्तिको कामना गर्दै राम कुमार कोइराला स्मृति प्रतिष्ठान परिवारले दुखद घडिमा रहेका श्रीमान देव प्रसाद तिमल्सिना छोरिहरु ःतृष्णा, तृप्ती र आस्था लगायत परिवार जनमा धैर्य धारणा गर्ने क्षमता मिलोस भनी प्रथाना गर्दै गहिरो सम्वेदना प्रकट गरेको छ ।


