सर्लाही–स्थानीय तहले जनताको काममा सहजीकरण नगरेपछि त्यहा“का स्थानीय नेताले निःशुल्क परामर्श तथा सहयोग केन्द्र खोलेर जनताको सेवा गर्न सुरु गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) निकट राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रले सर्लाही जिल्लाको रामनगर गाउ“पालिकामा निःशुल्क परामर्श तथा सहयोग केन्द्र स्थापना गरेका हुन् । सो गाउ“पालिकाभित्र रहेका जनतालाई आइपर्ने हरेक समस्याको समाधानका लागि लागि सहजीकरण गर्नका लागि यो केन्द्र स्थापना गरिएको अध्यक्ष मिश्रले बताए ।
उनले भने,गाउ“घरका जनतालाई एउटा नागरिकता बनाउन, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, मतदाता परिचयपत्र लिनका लागि कति झन्झट हुन्छ ।
त्यो थाह पाएर त्यहा“का जनतालाई सहजीकरणको लागि यो परामर्श सेवा खोलेको हु ।
नागरिकता लिनुपर्ने हुन्छ तर फारम भर्नका लागि नै पहिलो समस्या हुन्छ ।गाउ“पालिकामा गएर मृत्यु दर्ता प्रमाणपत्र कसरी लिने त्यो पनि थाह हुदैन ।
त्यहा“ गएर अलमलमा परेका हुन्छन्, यी सबै कुरालाई मध्यनजर गर्दै जनतालाई सहज होस् भनेर यो परामर्श सेवा खोलेको उनले बताए ।
यो सेवा सबै निःशुल्क हुनेछ । उनले भने, काम गराइ दिने भनी गाउ“घरमा बिचौलियाहरू पनि हुन्छन् ।
सोझा सिधा जनतालाई यो काम गराई दिन्छु भन्दै मोटो रकम कम लिइरहेका हुन्छन् । अब त्यस्तो नहोस् भनेर यस्तो प्रयास गरिएको उनले बताए ।
यति मात्र होइन, कामका लागि कुनै सरकारी कार्यालय जानु पर्दा सेवाग्राहीलाई लिएर जाने व्यवस्था पनि अध्यक्ष मिश्रले गरेका छन । उनले आफ्नो केन्द्रमा दुईजना कर्मचारी राखेका छन् । त्यसमा एकजना कागजपत्र लेख्ने,परामर्श दिने तथा अर्को एकजना समस्यामा परेका सेवाग्राहीलाई आवश्यक परेको ठाउ“मा लगिदिने कामका लागि राखिएको छ ।


