प्रदेश २,दुर्घटनामा एक वर्षभित्र ५२३ जनाको मृत्यु

पर्सा–गएको आर्थिक वर्षभित्र प्रदेश नम्बर २ मा सवारी दुर्घटनामा ५२३ जनाले ज्यान गुमाएका छन् ।
समतल भू–भागमात्र रहेको प्रदेशको पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्मका ८ जिल्लामा गत आर्थिक वर्ष २०७७÷०७८ मा सवारी दुर्घटनामा यतिधेरै मानिसले ज्यान गुमाएका हुन्।
चालकको असावधानीका कारण अधिकांश दुर्घटना हुदा ज्यान गुमाउनेको संख्या विश्व महामारीका रूपमा फैलिएको कोरोनाबाट भन्दा पनि उच्च देखिएको छ ।
चालक र पैदल यात्रीले ट्राफिक नियम पालना गरी सावधानी अपनाइदिएको भए यति धेरै मानवीय हताहती ब्यहोर्नुपर्ने स्थिति नआउने प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ ले जनाएको छ ।
असार मसान्तसम्म एक वर्षको अवधिमा कुल ३ हजार ९८३ वटा सवारी दुर्घटना हुँदा उक्त संख्याका मानिसको ज्यान गएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
अघिकांश दुर्घटना चालकको लापरवाहीले भएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सन्तु जयसवालले बताए ।
नगन्य मात्रामा बाहेक सबै दुर्घटना चालकको असावधानीले भएको उनले बताए ।
यान्त्रिक गडबडीले १०० जति सवारी पनि दुर्घटना नभएका होलान्,उनले भने । झण्डै चार हजारजति सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर घाइते भएका छन् ।
उनीहरूको अवस्था गम्भीर हुँदा अरू पनि धनजनको क्षति भएको हुनसक्ने प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनामा परेका ४ हजार ७४ जना भने सामान्य घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles