यस्तो छ अजयको फिल्म भुजको कथा

एजेन्सी–सबैकुरा ठीकठाक भएको भए, भुज ः द प्राइड अफ इन्डिया सिनेमा घरहरुमा प्रदर्शन भइसकेका–भइरहेका हुन्थे । तर, कोरोनाको कारण यो चलचित्र पछि हट्नु प¥यो । सन् २०१९ मै यो चलचित्र निर्माणको लागि उद्घोष गरिएको थियो र २०२० सम्ममा ९० प्रतिशत छायांकन सम्पन्न भइसकोको थियो । तर, बीचमा कोरोनाले भिलेन खेलिदियो । अन्ततः यसलाई ओटीटी प्लेटफर्ममा सार्वजनिक गरिने पक्कापक्की भयो ।
त्यसो त भारतमा देशभक्ति फिल्मको लहर नै चलेको छ । यसका केही साझा विशेषता छन् । जस्तो कि, अक्सर यस्ता सिनेमा युद्धमा आधारित छन् । त्यसमा पनि भारत–पाकिस्तानको । शैन्य युद्धको आवरणमा बन्ने यी चलचित्रहरुले देश–प्रेमको भजन गाइरहेका हुन्छन् । खासगरी आफ्नो बीरता, साहस, दृढता र त्यसपछि सफलताको कथा भन्ने गर्छन् । यही सेरोफेरोमा बलिउडले थुप्रै कथा बुनिसकेको छ । त्यसैको सिलसिला हो, भुज ः द प्राइड अफ इन्डिया ।
कस्तो छ कथा ?
भुज ः द प्राइड अफ इन्डिया अभिषेक दुधैयाले निर्देशन गरेको एक युद्ध फिल्म हो । यो चलचित्र सन् १९७१ मा भारत–पाकिस्तानबीच भएको युद्धको पृष्टभूमीमा बनेको छ । खासगरी युद्धका क्रममा भुज हवाई अड्डाका तत्कालिन प्रमुख विजय कार्णिकको जीवनमा प्रेरित छ यसको कथा । युद्धमा भारतिय वायुसेनाको हवाई पट्टी ध्वस्त भएको थियो ।
यसपछि विजय कार्णिकको नेतृत्वमा ती सय स्थानिय महिलाले एयरबेसको पुनर्निमाणका लागि वीरतापूर्वक काम गरेका थिए । यस कार्यले केवल देशको मनोबल मात्र बढाएन, भारतलाई युद्ध जित्न पनि सहयोग गरेको थियो । वास्तविक नायकमा आधारित यो चलचित्रले युद्ध जित्नका लागि सहयोग गर्ने सम्पूर्ण महिलाको अपार वहादुरीको स्मरण गराउछ ।
नोरालाई मौका
फिल्ममा अजय देवगनले केन्द्रिय भूमिका निर्वाह गरेका छन् । त्यसस“गै सन्जय दत्त, सोनाक्षी सिन्हा, एमी विर्क, शरद केलकर र नोरा फतेही आदिको अभिनय देख्न सकिन्छ । नोरा फतेही धेरैजसो आइटम डान्सरको रुपमा देखापर्थे । यद्यपि भूजमा उनको महत्वपूर्ण भूमिका छ । उनको भूमिका पहिले परिणिति चोपडालाई दिइने कुरा भएको थियो । तर, सोनाक्षीको भन्दा कमजोर भूमिका दिइने बुझेपछि परिणिती पछि हटेकी थिइन् । अन्ततः त्यो रिक्त ठाउ“मा नोराले ठाउ“ पाइन् ।
फिल्ममा उनी एक रअ एजेन्ट हुन्, जुन छिमेकी मुलुकमा काम गर्छिन् र आफ्नो मुलुकको हितका लागि भूमिका खेल्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles