एजेन्सी–कसरी वजन कम गर्न सकिन्छ ? भनेर सोध्यौं भने धेरैको साझा उत्तर आउन सक्छ किटो डाइटको प्रयोग गरेर ।
यो कुरा सही हो कि वजन कम गर्नको लागि किटो डाइट राम्रो विकल्प हो । तर यसलाई अपनाउनुको पछि केही समस्याहरु पनि छन् ।
अहिलेको समस्या भनेको नै मान्छेहरु तौल घटाउन चाहन्छन् तर तोकिएको खाना खान चाहँदैनन् ।
किटो डाइटमा खानेकुराको सही छनौट, त्यसको पोषण मूल्य आदि गणना गरेर विभिन्न खाद्य तालिका निकालिएको हुन्छ ।
यसलाई अनुसरण गर्ने सबै मान्छेमा छिट्टै यसबाट राम्रो नतिजा आउदैन । तर केही मान्छेलाई छोटो समयमै पनि यसको फाइदा हुने देखिन्छ ।
किटो डाइट के हो ?
लो–कार्ड डाइट, लो कार्ब फ्याट आदि नामले पनि जान्ने गरिन्छ । किटो डाइटमा फ्याटको मात्रा अधिक हुने गर्छ । यस्तोमा यस्ता खानेकुराको सेवन गर्ने गरिन्छ । जुन फ्याटमा बढी र कार्बाेहाइड्रेडमा कम हुन्छ । किटो डाइट लिँदा हामीले गर्ने केही गल्तीहरु निम्नानुसार छ ।
१.पर्याप्त चिल्लो पदार्थ नखानु
किटो डाइटमा केवल थोरै कार्बाे हाइड्रेड मात्रै होइन चिल्लो पदार्थ कम खाइन्छ ।
तपाईं दिनभरमा जति पनि क्यालोरीको सेवन गर्नुहुन्छ । त्यसमध्ये ७५ प्रतिशत स्वस्थ चिल्लो पदार्थबाट, २० प्रतिशत प्रोटिनबाट र ५ प्रतिशत कार्बाेहाइड्रेडबाट आउनु पर्छ ।
फ्याटको सेवनले भोक मेटिन्छ । यदि तपाईं पर्याप्त मात्रामा कुनै पनि स्वस्थ चिल्लो पदार्थको सेवन गर्नुहुन्छ भने त्यसबाट कार्बाेहाइड्रेडको कमी हुदैन ।
२.धेरै दुग्ध पदार्थ खानु
अधिक मात्रामा दुग्ध पदार्थ खा“दा पनि किटो डाइट नियमित हुदैन । जसले शरीरको किटोसिस अवस्थाबाट बाहिर ल्याउने गर्छ ।
धेरै डेयरी उत्पादनहरुमा अप्रत्यक्ष चिनीको मात्रा धेरैहुन्छ । त्यसैले कुनै पनि दुग्ध पदार्थ खा“दा पोषणको तह जाँच गर्नुपर्छ । साथै, यदि तपाईं डेरी उत्पादनलाई आफ्नो खानामा समेट्नुहुन्छ भने तिनीहरुको क्यालोरीबारे ध्यान दिनुहोस् । अन्यथा तौल घट्नुको साटो बढ्न सक्छ ।
३.पर्याप्त पानी नपिउनु
तपाईं के खाइरहनु भएको छ ? को साथसाथै तपाईं के खाइरहनु भएको छैन ?
भन्ने बारेमा पनि ध्यान दिनुपर्छ ।
किटो डाइटमा तपाईंको शरीरले ऊर्जाको लागि चिल्लो पदार्थ शोषण गर्छ । यो प्रक्रियालाई तीब्र बनाउनको लागि शरीरमा तरल पदार्थको आवश्यकता पर्छ ।
तपाईं यदि पर्याप्त पानी पिउनुहुन्न भने मेटाबोलिज्मको स्तर कम भएर वजन कम हुन बिस्तारै बन्द हुन्छ । त्यसैले पानी बढी पिउनुपर्छ ।
४.अधिक प्रोटिनको प्रयोग
किटो डाइटको प्रयोग गर्नेहरुको समस्या भनेको नै उनीहरु चिल्लो पदार्थको मात्रा खानामा बढाउछन् भने कार्बाेहाइड्रेडको मात्रा कम गराउछन् । तर प्रोटिनको मात्रा सन्तुलनमा राख्न सक्दैनन् ।
कतिपयले अतिरिक्त प्रोटिन पनि लिने गर्छन् । यसले उल्टै असर पुर्याउन सक्छ । त्यसैले चिकित्सकको सल्लाहविना किटो डाइट लिनु हुन्न ।
५.पर्याप्त निन्द्रा लाग्दैन ?
मांसपेशीलाई बलियो बनाउन होस् या बोसो घटाउन पनि पर्याप्त निद्रा उपयोगी हुन्छ । यदि तपाईं किटो डाइट लिएरै तौल घटाउन चाहनुहुन्छ भने कम्तीमा ७–८ घण्टासम्म सुत्नुपर्छ ।
६.धेरै क्यालोरी खानु
धेरै मानिसलाई लाग्छ कि किटो आहारमा तपाईं जति चाहनुहुन्छ, खान सकिन्छ । यो सोच गलत छ । बोसोमा धेरै क्यालोरी पाइन्छ । यदि तपाईं किटो डाइटमा मात्र नभई कुनै अन्य डाइटबाट तौल घटाउन चाहनुहुन्छ भने तपाईं क्यालोरी कम प्रयोग गर्नुपर्छ । त्यसैले, तपाईंको आवश्यकता अनुसार क्यालोरको उपभोग गर्नुपर्छ ।
तौल घटाउन हामी के गल्ती गर्छौं ?
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg