रौतहटमा आज देखि निषेधाज्ञा जारी

गौर–आईतबार राति १२ बजेबाट लागु हुनेगरी रौतहटमा १५ दिन निषेधाज्ञा थप गरिएको छ ।
निषेधाज्ञाको समयावधि भदौ १५ गते राति सम्म तोकिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विज्ञप्ति जारी गर्दै जिल्लामा हालसम्म ५३ जनाको ज्यान गइसकेको हुँदा स्वास्थ्य मापदण्डको कडाइ का साथ पालना गर्दै जनताको स्वास्थ्य हितलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
जिल्ला भित्र सवारी साधन संचालन गर्दा पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने , अन्य जिल्ला जानू परे आवेदन दिएर स्वीकृति लिनुपर्ने , मास्क लगाइ सेनिटाइजर प्रयोग गरि मापदण्ड पालना गरेर व्यापार व्यवसाय संचालन गर्नुपर्ने ,
हाटबजार, मेला , उत्सव बन्द गर्ने, निधो भैसकेको कार्यक्रमहरुमा १० जना भन्दा बढी सहभागी हुन नपाइने , त्यसका लागि स्थानियतहको स्विकृत लिनुपर्ने , डिजे बन्द गर्ने, अर्को निर्णय नहुदा सम्म भौतिकरुपमा कक्षा संचालन तथा परीक्षा संचालन नगर्न सुचना जारी गरेको छ ।

निषेधाज्ञा पालना नगर्ने, आदेशको उलंघन गर्ने गराउने जो कोहीलाई कानूनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles