चन्द्रपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित चा“दी नदीमा निर्माणाधीन पुलको ठेक्का सकारेर समयमा सम्पन्न गर्न नसकी बदनामी कमाएका साह फेरि पनि विभिन्न बहानाबाजी गर्दै म्याद थपको कसरतमा छन् ।
कोरोना महामारी र वर्षाले गर्दा समयमै पुल बनाउन नसकेको भन्दै ठेकेदार (निर्माण व्यवसायी) दायाराम साहले म्याद थपका लागि चन्द्रनिगाहपुर स्थित डिभिजन सडक कार्यालयमा केही दिनअघि म्याद थपको कसरत गरे का हुन् । साहले पुल समयमै सम्पन्न गर्न चासो नदिएको भन्दै स्थानीयले सडक डिभिजनलाई विरोधसहित ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले चा“डै काम सक्न दबाब दिन र त्यसो नगरे कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
चन्द्रपुर बजार र गैंडाटार जोड्ने उक्त पुलको पप्पु कन्स्ट्रक्सन र शिवशंकरको जेभीले ४ वर्षअघि नै निर्माणको जिम्मा लिएर कछुवा गतिमा काम गरिरहेका छन् । साह शिवशंकर कन्स्ट्रक्सनका सञ्चालक हुन् । पुलको काम समयमा नसकेकाले स्थानीयलाई वर्षायाममा आउजाउ गर्न कठिनाइ छ ।
यही कारण ठेकेदारलाई दबाब दिन उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् । पुल निर्माण दबाब सघर्ष समिति नै गठन गरेका छन् । समितिका प्रतिनिधि राजु धामीले ठेकेदारले बाहना मात्र बनाउने र तदारुकताका साथ काम नगर्ने परिपाटीले पुल निर्माणमा ढिलाइ भएको बताए ।
दुई वर्षमा सक्नेगरी पप्पु र शिवशंकरले २०७४ असार ३१ मा यो ठेक्का लिएका थिए । जसको लागत २५ करोड ३६ लाखमा २४ हजार रुपैया“ अनुमान थियो । तर हालसम्म ६५ प्रतिशत मात्र काम भएको छ । पछिल्लो समय सडक डिभिजनले म्याद थपेर काम सक्ने अवसर दिए पनि ठेकेदार कम्पनीले निर्माणमा तदारुकता नदेखाउने गरेको यो एक उदाहरण हो । निर्माण कम्पनीहरू कोरोना महामारी, वर्षा र निर्माण सामग्रीको भाउ अकासिएको बाहना बनाएर उम्कन खोजेको आरोप डिभिजन सडकका प्राविधिकहरू बताउछन् ।


