चन्द्रनिगाहपुर सरकारी अस्पतालनै बिरामी भएपछि…

चन्द्रनिगाहपुर–रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा रहेको सरकारी अस्पताललाई आफैं डाक्टर चाहिएको जन–गुनासो बढ्दै गएको छ ।
अस्पतालको अवस्था लथालिगं रहेको छ । दैनिक सयौं बिरामी अस्पतालमा टिकट काटेर घन्टौं डाक्टर कुरेर बस्नुपर्ने अवस्था रहेको छ ।
अस्पतालमा ११ बजे सम्म पनि डाक्टर नआउने चन्द्रपुर नगरपालिका वडा नम्बर १ पौराईकाका स्थानिय सुकेन्द्र गोले तामाङले जानकारी दिएका छन् । अस्पतालमा रहेको एक्सरे मेशिन बिग्रेको दुई बर्ष बित्दा समेत समबन्धीत निकायले मर्मत तर्फ चासो लिएको छ ।
एक्सरे मेशिनमा माकुराले लगाएको जालो हटाउने तर्फ समेत कर्मचारीले ध्यान दिन सकेका छैनन् । १५ बेडको सरकारी अस्पतालबाट सेवाग्राहीले समान्य उपचार समेत पाउन नसकेको गुनासो बढदै जान थालेको छ ।
अस्पतालमा रहेको एक्सरे मेशिन संचालनका लागि २ जना कर्मचारी रहेकोमा मेसिन बिग्रेपछि पनि दुई बर्ष देखी ती कर्मचारीले कामै नगरी तलव भत्ता बुझदै आएकाछन् ।
अस्पतालबाट सेवाग्राहीले पाउने समान्य प्रकारका औषधी पनि डाक्टरले बाहिरबाट किनेर खान भन्ने गरेको बिरामीहरुको भनाई रहेको छ ।
अस्पतालले एक्सरे गर्न र भिडियो एक्सरेका लागि सेवाग्राहीलाई बाहिर पठाउन बाध्य रहेको अस्पतालमा भेटिएका डाक्टर देव शंकर पासवानको भनाइ रहेको छ ।
अस्पतालको बाहिर राखिएको सुद्ध खानेपानी लेखिएको स्थानको धारामा महिनौ देखी पानी नआउने गरेको अस्पतालका कर्मचारीले बताए । अस्पतालले चहिएजती लानुस भनेर राखेको कण्डमको बाकसमा माकुराको जालो लागेको छ ।
एक्सरे संचालनका लागि नगरपालिकाले राखेका दुईजना कर्मचारी दिपेन्द्र झा र अशोक यादवले दुई बर्ष देखी कमै नगरी तलव बुझदै आएका छन् । अस्पतालका अधिकांस कर्मचारी समयमा अस्पतालमा नआउने गरेको स्थानीय युवा समाजसेवी नरेश लामिछाने गुनासो गरे । उनले भने अस्पतालको अवस्था नाजुक हुदा समेत सम्बन्धीत जनप्रतिनिधिले कुनै चासो नदिएका कारण सरकारी अस्पताल आफैं बिमारी परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles