निजामती कर्मचारी दिवशको अवसरमा फलफुल वितरण

चन्द्रपुर–निजामति कर्मचारी दिवशको अबसरमा रौतहटको चन्द्रपुरमा कर्मचारीहरुले चन्द्रनिगाहपुर अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेका छन ।
मंगलबार विहान इलाका प्रशासन कार्यालय चन्दपुरका प्रमुख एवं उपसचिब डोरेन्द्र निरौलाको प्रमुख उपस्थितिमा उक्त अस्पतालका करिब २५ जना बिरामीलाइ फलफुल बितरण गरिएका हुन् ।
फलफुल बितरण कार्यक्रममा उप सचिब निरौलाले निजामति कर्मचारीहरु निस्वार्थ भएर सेवा प्रवाह गदै आएको र अझ सशक्त भएर काम गर्नुपर्ने बताए ।
सो कार्यक्रममा डिभिजन वन कार्यालय चन्द्रपुरको प्रमुख अमरदेब यादबले सम्पुर्ण निजामति कर्मचारीहरु एकजुट भई पूर्ण इमान्दारीका साथ निष्ठापूर्वक सेवाग्रहीलाई काम गर्दै राज्यको निति निर्देशनको पूर्ण पालना गरी एकजुट भएर हिडनु आवश्यक्ता महसुस गरे ।
निजामति ट्रेड युनियन महासंघ रौतहटका उपाध्यक्ष शम्भु महतोको अध्यक्षतामा भएको कार्यक्रममा नापी कार्यालय, डिभिजन सडक कार्यालय, भु संरक्षण तथा जलाधार कार्यालय, वन कार्यालय, चन्द्रनिगाहपुर अस्पताल, मालपोत कार्यालय, पशु कार्यालय लगायत सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सोही अबसरमा डिभिजन वन कार्यालय चन्द्रपुरका प्रमुख अमरदेब यादबले सहभागी सबैलाइ तेजपत्ताको बिरुवा प्रदान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles