रौतहटमा भेरोसेलको दोस्रो डोज असोज १ बाट लगाइने

चन्द्रनिगाहपुर–रौतहटका भेरोसेल पहिलो मात्रा खोप लगाएकाहरुका लागी असोज १ गतेबाट दोस्रो मात्राको खोप लगाइने भएको छ ।
बुधबार जिल्ला खोप समन्वय तथा अनुगमन समिति रौतहटको बैठकले असोज १ गतेबाट ३ गतेसम्म बिहान १० ः ३० बजेबाट साझ ५ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहट गौरले जानकारी दिइएको छ । रौतहटको चन्द्रपुर , गुजरा , बृन्दावन , फतुवा विजयपुर , कटहरिया , गरुडा , गढीमाई , मौलापुर र देवाही गोनाही गरि ९ ओटा पालिकाहरुमा रहेका सबै स्वास्थ्य चौकीहरुमा पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुका लागी दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles