चिनारी बोर्ड अनावरणन कार्यक्रम सम्पन्न

मकवानपुर–हेटौडा–९ स्थित संवेदनशील टोल विकास संस्था मा एक कार्यक्रमका बिच चिनारी बोर्ड अनावरणन गरिएको छ ।
तिन टोल विकास संस्था को संगम स्थलमा राखिएको चिनारी बोर्ड को कार्यक्रमका प्रमुख अतिथि हेटौडा उपमहानगरपालीका वडा नं–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भंडारीले अनावरणन गरेका थिए। समारोह लाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले टोलका राखिएका यस्ता चिनारी बोर्डले चोक को पहिचान हुनुको साथै नव आगन्तुकहरू लाई सोधखोज गर्न सहज हुने बताए।
टोल विकास संस्था का अध्यक्ष नबराज कोइरालाको सभाअध्यक्षतामा भएको उक्त कार्यक्रम मा टोल विकास ९ नं.वडा समन्वय का अध्यक्ष यदुवशं खतिवडा,सन्तोषी टोल विकास संस्था का अध्यक्ष कुमार पौडेल,प्रगतिका केशव अधिकारी,धर्मपथका संजय अर्याल,सृजनाकी मेनुका पराजुली लगाएतको सहभागिता रहेको थियो। संस्था की सचिव लक्ष्मी वन ले कार्यक्रम सचांलन गरेकी थिइन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles