आजदेखि नया नोट साट्न पाइने

काठमाडौं–दशैंका लागि आजदेखि नया नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउदै सर्वसाधरणका लागि नयँ नोट साट्ने व्यवस्था मिलाएको हो ।
राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नया“ नोट सटहीको व्यवस्था गर्ने भएका छन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाका नया नोट लगिसेकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।
बैंकहरुले प्रधान कार्यालय वा अन्य तोकिएका कार्यालयहरुबाट नया नोट सटहीको सुविधा दिनेछन् । राष्ट्र बैंकले भने आजदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नया नोट वितरण हुने कार्यकारी निर्देशक नेपालले जानकारी दिए । यसका अलवा केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।
राष्ट्र बैंकले सर्वसाधरणका लागि ३० देखि ३५ अर्ब रुपैया बराबरको नया नोट सटही गर्ने तयारी गरेको छ । जसमध्ये १२ देखि १५ अर्ब रुपैयासम्म ५, १०, २०, ५० र १ सय रुपैयाको नोटहरु वितरण गर्ने तयारी राष्ट्र बैंकको छ । विगतका केही वर्षको ट्रेण्ड हेर्दा हरेक वर्ष ३० देखि ३५ अर्ब रुपैया हामीले वितरण गर्ने गरेका छौं, यस वर्ष पनि हाम्रो तयारी यस्तै छ,उनले भने, १२ देखि १५ अर्ब रुपैया साना दरका नोट साटिन्छ त्यसबाहेक अन्य खर्च समेत असोज र कात्तिकमा धेरै हुने भएकाले ५ सय र १ हजार दरका नोटहरु पनि बजारमा ठूलै मात्रामा जानेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles