सहकारीमा देखिएको बेतिथी सहकारीकै माध्यमबाट समाधान गर्नुपर्छ:अध्यक्ष तिवारी

चन्द्रपुर,२४ असोज । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ४ मा रहेको नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ साधरण सभा शुक्रबार सम्पन्न भएको छ ।उक्त साधरण सभाको संस्थाकी ९६ बर्षिय जेष्ठ सदस्य पुर्णि तामाङले दियोमा बत्ती बालेर उदघाटन गरेकी थिइन । 

 साधरणसभामा संस्थाकी शेयर सदस्य तथा पुर्व संसद कल्याणी कुमारी खडकाले नव बिकाश बचत तथा ऋण सहकारी संस्था बिधि र बिधान अनुरुप संचालन भएकै कारण मधेश प्रदेशमै उत्कृष्ठ हुन पुगेको बताईन ।

उनले बचत गर्दा विश्वासीलो र भरपर्दो सहकारी संस्थाहरुमा मात्रै गर्नुपर्ने बताईन । साधरणसभामा संस्थाका अध्यक्ष राजेन्द्र तिवारीले संस्थाको काम कार्वाहीमा कमिकमजोरी भए शेयर सदस्यहरुलाइ सुझाब दिन आग्रह गर्दै संस्थाको गतिबिधि बारेमा समेत शेयर सदस्यहरुलाइ जानकारी गराएक थिए । मधेश प्रदेशकै उत्कृष्ठ सहकारीको रुपमा पुरस्कृत भइसकेको संस्थाले  हाल सहकारी क्षेत्रमा देखिएका बिकृती बिसंगतिलाइ सहकारीकै माध्यमबाट परास्त गर्नुपर्ने अध्यक्ष तिवारीले धारणा राखे । 

साधरसभामा  संस्थाका सचिब दिनेश मैनालीले बार्षिक प्रगति प्रतिबेदन पेश गरेका थिए भने संस्थाका कोषाध्यक्ष कुलशेखर पहाडीले आर्थिक प्रगति प्रतिबेदन पेश गरेका थिए । यस्तै सस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक बेद प्रसाद गौतमले आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रगति प्रतिबेदन पेश गरे । 

कार्यक्रममा बर्षको उत्कृष्ठ नियमित बचतकर्ता तथा सर्वाधिक बचतकर्ता दुर्गा प्रसाद चिमोरिया,निलम कुमारी साह लगायतलाइ अध्यक्ष तिवारीले सम्मान गरेका थिए ।  सभामा उत्कृष्ठ कर्मचारी इन्दिरा गेलाल,उत्कृष्ठ ऋणीहरुलाइ समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार देब बहादुर सापकोटा,सल्लाहकार खडग कुमार मैनाली,दुर्गा प्रसाद चिमोरिया,कानुनी सल्लाहकार बिपिन गौतम,चन्द्रपुर नगरपालिका वार्ड नं. ६ का वार्ड अध्यक्ष सहदेब केसी लगायतले शुभकामना तथा संस्थाको बारेमा चर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles