काठमाण्डौ,९ साउन । नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले बाढी पीडितलाई तत्काल राहत प्रदान गरेर पुर्नस्थापना गर्नुपर्ने माग गर्नुभएको छ ।
सांसद साहले बुधबार प्रतिनिधिसभा बैठकमा जरुरी महत्वको प्रस्तावमाथि छलफलमा सहभागी हुदै आफूले दर्ता गराएको प्रस्तावमाथि छलफल नभएपछी भावुक हु“दै अविरल वर्षाका कारण देश अस्तव्यस्त रहेको बताउनुभयो । उहा“ले सयौंले ज्यान गुमाएको र हजारौं विस्थापित भएका बेला सत्तापक्ष र प्रतिपक्ष मिलेर दर्ता गराएको प्रस्तावमाथि छलफल नहुनु तर काठमाडौको महलमा एसीमा बसेर लेखिएको प्रस्तावमाथि छलफल हुनुले मर्माहित बनाएको बताउनुभयो सांसद साहले आफु बकैयाबाट प्रभावित, अमरेश कुमार सिंह बागमती पीडित र उमाशंकर अरगरिया कमला प्रभावित क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद भएको भएपनि बाढी पीडित आफूहरूलाई सदनले पनि पीडित बनाएको गुनासो गरे ।

डुबेर, पीडा भोगेर आएका आफूहरूको प्रस्तावमाथि छलफल नचल्ने र मज्जा लिन काठमाडौंबाट जानेहरूको प्रस्तावमाथि छलफल हुने यस सदनले निर्णय गर्नु गलत भएको ध्यानाकर्षण गराउ“दै सांसद साहले लोकतन्त्रको दुहाई दिने नेपाली कांग्रेसलाई पीडितको नाममा राजनीति नगर्न सचेत गराए । पानी अझै पनि नरोकिएको भन्दै सांसद साहले पीडितको लागि अस्थायी आवास, खाद्यान्न को व्यवस्था गर्न तथा अवरुद्ध सडक, विजुली, संचार, खानेपानी तत्काल सुचारु गर्न सरकारसंग माग गरे ।

माछापालन, कुखुरा पालन, इट्टाभट्टालगायत व्यवसाय नष्ट भई अर्बौंको क्षति भएको उल्लेख गर्दै उनले बाढी तथा डुबानको दीर्घकालीन समाधान गर्न ध्यानाकर्षण गराए । तराईका मुख्य १० नदीमा चुरेया क्षेत्रदेखि भारतीय सीमासम्म मजबुत तटबन्ध निर्माण गरेर मुलुकलाई समृद्धिको बाटोमा लैजानुपर्नेमा उनको जोड छ । नदीको बढ्दो सतह तथा चुरेया क्षेत्रमा व्याप्त भूक्षय रोक्न तथा पानीको बहाव रोक्न र जग्गा अतिक्रमण बन्द गराउन सरकारसंग उनको माग छ ।


