निजि विद्यालयको समस्याका बारेमा छलफल

न्द्रपुर। रौतहटको चन्द्रपुरमा निजि विद्यालयको समस्या र सरकारको दायित्वका विषण्मा छलफल भएको छ ।
माउन्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयमा चन्द्रपुर–५ मा संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्वान्वयन अनुगमन , मूल्यांकन कार्यक्रम सिंहदरवार काठमाडौका संंयोजक राधेश्याम अधिकारी राष्ट्रिय सभासदस्य, निरु देवी जैरु समितिका अध्यक्ष लक्ष्मी देवी परियार प्रतिनिधि सभा सदस्य,नगर प्रमुख रामचन्द्र चौधरी, उपप्रमुख रामरति देवी चौधरी ने.क.पा केन्द्रिय सदस्य यूवराज भट्टराई ,नेकपा प्रदेश कमिटि सदस्य उद्धव रेग्मी पूर्व सभासद देवेन्द्र पटेल,चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव कृष्ण सिग्देल, नेपाली कांग्रेसका यूवा नेता नरेश लामिछाने,५ नम्बर वडाका अध्यक्ष सन्जय काफ्ले लगायतको उपस्थीतिमा निजि विद्यालयको समस्या चुनौति र सरकारको दायित्व विषयमा छलफल भएको विद्यालयका प्रबन्ध संञ्चालक उमेश बास्कोटाले जानकारी दिए । अन्र्तक्रया कार्यक्रममा उपस्थितहरुले निजि विद्यालयका समस्या पहिचान गरेर समाधानको उपाय खोजि गर्नुपर्ने धारण राखेका थिए । ्
राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीको नेतृत्वमा आएको टोलीले उक्त कार्यक्रममार्फत सरोकारवालालाई निर्देशन दिएको छ । टोलीले मन्त्रालय बिभाग, प्रदेश मन्त्रालय एवं स्थानिय निकायलाई जानकारी गराई समस्या समाधानका निम्ति पहल गर्न अभिभावक, समाजसेवी तथा बिद्यालय प्रशासनलाई निर्देशन समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles