जब रक्सी खाएर कार्यालय गइन् महिला

एजेन्सी–दुनिया“मा अनौठा खबरहरुको कुनै कमी छैन । स्कटल्याण्डको इडिनबर्गमा एउटा यस्तै घटना भएको छ । त्यहा“ मदिरा सेवन गरेर कार्यालय गएकी एक महिलालाई जागिरबाट निकालिएपछि एकाएक लखपति बनेकी छिन् ।
मालगोर्जाता क्रोलिक नामकी ती महिला एकदिन रक्सी पिएर आफुले काम गर्ने कार्यालयमा गइन् । उनले कुनै एक काराखानामा काम गर्दथिन् । उनको कार्यालय समय दिउसो २ बजेबाट सुरु हुन्थ्यो । आफ्नो कार्यालय समय सुरु हुनुभन्दा ९ घण्टा अगाडि अर्थात् बिहान ५ बजे उनले रक्सी पिएकी थिइन् ।
क्रोलिक रक्सी खाएर काममा आएको थाहा पाएपछि कम्पनीका म्यानेजरले उनलाई सोधपुछ गरे । मदिरा सेवनप्रति शून्य सहनशीलता नीति अपनाएको कम्पनीले ती महिलालाई जागिरबाट निकाल्ने निर्णय गर्यो ।
जागिरबाट निकालिएस“गै क्रोलिक निकै आक्रोसित भइन् । उनले अदालतको ढोका ढक्ढकाइन् । अदालतले उनको भाग्य नै बदलिदियो । बिहानै रक्सी पिएर दिउसो अफिस गएकी क्रोलिकको पक्षमा फैसला गर्दै अदालतले उनलाई ५ हजार युरो क्षतिपूर्ति दिन कम्पनीका नाममा आदेश दियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles