आश्रयको लापरबाही बिरुद्ध चक्काजाम

रौतहट । रौतहटमा ठेकेदार कम्पनीको कार्यशैली विरुद्ध ब्यापारी आन्दोलनमा उत्रिएका छ्न । आश्रय निर्माण सेवा प्रालिले निर्माण थालेको चन्द्रनिगाहपुर – गौर सडक विस्तारको काममा निर्माण कम्पनीको लापरवाहीले ढिलासुस्ती गरेको भन्दै जिल्लाको चन्द्रनिगाहपुर – गौर सडक खण्ड अन्तर्गतको चन्द्रनिगाहपुरमा स्थानीय व्यापारीहरुले सडक अवरुद्ध गरेका छन् ।

निर्माण कम्पनी आश्रय निर्माण सेवाका कारण स्थानीय व्यापारीहरूले चरम सास्ती खेप्नुपरेको भन्दै आक्रोशित बनेका व्यापारीले सडक अवरुद्ध गरेका हुन् ।

निर्माण कम्पनीले सडकमा निर्माण सामाग्री थुपारेर राख्दा दुर्घटनाको जोखिम सँगै सो बाटो प्रयोग गरेर हिड्ने सवारीको धुलोले व्यापार व्यवसायमा समेत प्रभाव परेको स्थानिय व्यापारी दिवाकर सापकोटाले बताए । सडकको दायाँ बायाँ खनिएको खाडल नपूर्दा पानी जमेर उपभोक्ता एबम् व्यापारीले कष्ट भोग्दै आईरहेको सापकोटाले बताए ।
सडक विभाग लगायतका सरोकारवाला निकायको हेलचेक्राईको कारण निर्माण कार्यमा ढिलासुस्ती भएको ब्यापारीहरुको आरोप छ । बाटोमा अहिले जाम हुनेगरेको छ भने धुलोले गर्दा यात्रा गर्नै मुस्किल हुनेगरेको स्थानीय बासिन्दाले बताउदै आउँदा पनि नगरपालिकाले यस विषयमा त्यति चासो नदिएको स्थानीय बासिन्दाको आरोप छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg