प्रेस युनियन मधेश प्रदेशको भेला शुक्रबार सम्पन्न

सर्लाही । नेपाल प्रेस युनियन मधेस प्रदेशको भेला शुक्रवार सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।
प्रमुख अतिथि रहेका नेपाली कांग्रेस मधेस प्रदेशका अध्यक्ष तथा मधेस प्रदेश भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले प्रेस युनियन मजबुत भएमा मात्रै नेपालको पत्रकारिता क्षेत्र मजबुत हुने बताए । उनले प्रेस स्वतन्त्रताको लागि प्रेस युनियनलेनै वकालत गर्दै आएको बताउँदै पछिल्लो समयमा आएर पत्रकारिता क्षेत्रमा विभिन्न चुनौती देखिएकाले युनियनकै पहलमा चुनौतीको सामना गर्दै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
भेलालाई मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, केन्द्रीय उपाध्यक्षद्वय अनिल कर्ण, जीवन भण्डारी, महासचिव दिलिप पौडेल, सचिवद्वय अशोक तिवारी र अजित तिवारी, केन्द्रीय सदस्यहरु शिव पुरी, निलिमा पौडेल, सञ्ज्य कार्की, गणेश रिजाल लगायतले सम्बोधन गरेका थिए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg