मौलापुरकी मेयर साह पदमुक्त

रौतहट। रौतहटको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साह पदमुक्त भएकी छिन । राजनीतिक दल सम्बन्धि ऐन,२०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली,२०७४ को नियम २२ बमोजिम निर्वाचन आयोगले पदमुक्त गरेको हो । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनि नेकपा एमालेबाट निर्वाचित भएकी थिईन । उनि पुर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन । साहले गत मंसिरमा भएको संसदीय निर्वानमा एमाले परित्याग गरि आम जनता पार्टी खोलेपछि मेयर साह आजपामा गएकी थिईन । नेकपा एमालेले उनलाई कारवाही गर्दै पदमुक्त गर्न निर्वाचन आयोगमा पत्राचार गरेका कारण उनि पदमुक्त भएकी हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles