चन्द्रोदय साकोसद्वारा पौराईमा स्वास्थ्य शिविरको आयोजना

चन्द्रपुर २३ मंसिर । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था चन्द्रपुरले एक दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
“आर्थिक मात्र हैन, सेवा चन्द्रोदयको सामाजिक कार्य, सदस्य हुन वा अन्य , पाउनु पर्छ स्वास्थ्य सेवा अनिवार्य” भन्ने नाराका साथ शिविर चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित स्वास्थ्य चौकी पौराईमा आयोजना गरिएको हो।
बैक तथा बितिय संस्था सहकारी लगायतले बचत तथा ऋणको कारोबार मात्र नभई समाजिक क्रियाकलाप पनि गर्दै आएको चन्द्रपुर १ का वडा अध्यक्ष वलराम राउतले बताए ।
सहकारीले समाजिक उतर दायित्व अन्तर्गत गरेको स्वास्थ्य शिविरबाट यस भेगका बासिन्दाले लाभवन्ति हुने उनको भनाई छ ।
यस्ता किसिमका शिविर वेला वेला गर्न वैक तथा बितिय संस्थालाई उनले आग्रह गरेका छन ।
सहकारी संस्थाले आर्थिक कारोबार मात्र नभई सामाजिक क्षेत्रमा पनि कार्य गर्ने गरेको चन्द्रोदय सहकारी संस्थाका अध्यक्ष बसन्त आचार्यले उल्लेख गरेका छन ।
सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग तथा समाजिक कार्यक्रम गर्दै आएको उनको भनाई छ ।
चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले फिजिसियन तथा दन्त रोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर गरेको हो । शनिवार विहान ८ बजे देखि सुरु भएको स्वास्थ्य शिविरमा वडाका ३ सय ४८ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा चन्द्रपुर अस्पतालका प्रमुख डा.सुवास चौधरी,डा.कृष्ण साह,डा.सुनिल साह( अर्थोपेटिक) लालबाबु चौधरी लगायतले स्वास्थ्य चेकजाँच देखि ल्याब परिक्षण गर्नुभएको शिविरमा दन्त चिकित्सक ,प्रणामि दाँत घर बाट यादव प्र.घिमिरे तथा लालबन्दीका डा.सुरेन्द्र महतोले दात सम्बन्धि रोगको उपचार तथा निशुल्क औषधि बितरण गरेका छन ।
शिबिरमा प्रणामी दाँत घरबाट दाँतको निशुल्क औषधी तथा चन्द्रपुर अस्पताल बाट पनि निशुल्क औषधी र बाकी साकोसको तर्फबाट सबै प्रकारका औषधीहरु निशुल्क बितरण गरिएको थियो ।
संस्थाका सल्लाहकार संयोजक प्रकाश सुनुवार,सल्लाहकार सदस्य श्रीराम न्यौपाने लगायत वाड न–१ का राजनीति पाटी मा प्रतिनिधि,विभिन्न संघ संगठनका प्रतिनिधि, बुद्दिजिबी,सामाजिक ब्यक्तित्वहरुका उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका बरिष्ठ उपाध्यक्ष बासुदेब अधिकारीले गरेका छन भने लक्ष्मी दाहालले संचालन गरेकी थिइन ।
शिविरमा संस्थाका संचालक समिति,लेखा समिति,सल्लाहकार समिति, विभिन्न उपसमितिका पदाधिकारी लगायत संस्थाका ब्यबस्थापक तथा कर्मचारी हरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles