सिम्रौनगढमा झडप,एक युवाको गोली लागेर मृत्यु

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोलिबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने विषयलाई लियर विवाद हुँदै आएकोमा आज विवादले उग्र रुप लिदा झडपको स्थिति सिर्जना भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा सिम्रौनगढ-१ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । उनको टाउकोमा गोली लागेको थियो । उनका अनुसार बिनको नारायणी अस्पतालमा मृत्यु भएको हो ।
नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले दर्जनौं हवाइफायर तथा अश्रुग्याँस प्रहार गरेको स्थानीयबासीले जनाएका छन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg