जनकपुरधाममा नेपाली कांग्रेसको मधेस सम्मेलन सुरू हुँदै


जनकपुरधाम । जनकपुरधाममा आजदेखि नेपाली कांग्रेसको मधेस सम्मेलन सुरू हुँदैछ।

तिरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

कार्यक्रमका लागि केन्द्रीय पदाधिकारीहरू र नेता शेखर कोइरालालाई बोलाइएको छ। तर सभापति देउवापछिको दोस्रो वरीयतामा कोइरालालाई नराख्ने भएपछि प्रदेश कार्यसमितिका ८ जनाले बुधबारको बैठकमा फरक मत राखेका थिए।

बिहीबार उद्घाटन र शुक्रबार बन्द सत्र हुनेछ। बन्द सत्रमा आठ सय २५ जना प्रतिनिधि सहभागी हुने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए।

उनकाअनुसार राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन बुधबार बसको मधेश प्रदेश समितिको पूर्ण बैठकबाट संशोधनसहित पारित भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles