चन्द्रपुर । चन्द्रपुर नगरपालीकाको वडा नं ७ बनबहुअरीमा रहेको सहरी स्वास्थ्य केन्द्रमा एक दिने निशुल्क आँखा शिविर सञ्चालन भएको छ । निजगढ तिलगंगा सामुदायिक आखाँ अस्पताल र चन्द्रपुर सहरी स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा एक दिने निशुल्क आखाँ शिविर सञ्चालन भएको हो ।

शिविरमा प्रमुख अतिथिमा ईद महम्मद,सहरी स्वास्थ्य केन्द्र प्रमुख विजय शंकर तिवारी, वडा सदस्य विनोद चौधरी र प्रहरी हवल्दार सुरेन्द्र चौधरीको उपस्थितीमा सो शिविर सञ्चालन भएको थियो ।उक्त शिविरमा २८४ जनाको आखाँको चेक जाँच भएको हो । जसमा महिला १४३ जना, पुरुष १४१ जनाले सेवा लिएका छन् । जस मध्ये ६१ जना मोतियाबिन्दु तथा अप्रेसनको लागि छनोट भएको र छनोट भएका मोतिया बिन्दुका बिरामीहरुको अप्रेसन गरिने निजगढ तिलगंगा सामुदायिक आखाँ अस्पतालले जानकारी दिएको छ । आखाँ सम्बन्धि समस्या भएका नागरिकहरुलाई उपचारका लागि सहज होस भनेर शिबिरको आयोजना गरिएको चन्द्रपुर वडा नम्बर ७ का.निमित्त वडा अध्यक्ष ईद महम्मदले जानकारी दिए । चेक जाँचकै लागि टाढाटाढा जानु पर्ने वडाबासीको माध्यतालाई मध्यनजर गरेर नागरिकले सेवा पाउन भनेर शिविरको आयोजना गरिएको उनले बताए ।