हर्षाहामा नव निर्मित स्वास्थ्य चौकी भवनको उद्धघाटन

वृन्दावन । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ६ स्थित हर्षाहामा चार कोठे नव निर्मित स्वास्थ्य चौकी भवनको उद्धघाटन भएको छ । मेयर बिनोद कुर्मीले एक कार्यक्रमकाबिच नगर स्तरीय योजनाको ४० लाख ५५ हजार ७ सय ९५ रुपैयाँको लागतमा निर्माण सम्पन्न स्वास्थ चौकीको उद्घाटन गरेका हुन । नव निर्मित चार कोठे स्वास्थ्य चौकी भवनको उद्घघाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले मानव जीवनको लागि शिक्षा र स्वास्थ्य एकमदै जरुरी रहेको र शिक्षा र स्वास्थ्यको विकासले नगरमा समुन्नति आउने बताए ।

प्रमुख कुर्मीले विपक्षीहरुले आफुलाई असफल बनाउनका लागि विभिन्न जालझेल गरिरहेको भएपनि ती सारा जालझेललाई चिर्दै नगरको विकासका निम्ति आफु अगाडि बढिरहेको बताए । उनले बिगतका दिनमा निर्वाचित जनप्रतिनिधिहरुले भ्रष्टाचार बाहेक अरु केहि नगरेको आरोप लगाउदै प्रशासकीय अधिकृतबिहिन बनाएर आफ्नो कार्यकाल असफल बनाउन खोजिएको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles