रौतहट । रौतहटको सदरमुकाम गौरमाा सनिवार सरकारी वकिल कार्यालयको विरुद्धमा नाराबाजी भएको छ । दोषिलाई उन्मुक्ति दिएको भन्दै आज मृतकका आफन्तले प्रदर्शन गरेका हुन । सदरमुकाम गौरमा सरकारी वकिल मुर्दाबाद,दोषीलाई कारवाही गर भन्दै मृतकका आफन्तहरुले प्रदर्शन गरेका हुन।
जिल्लाको राजदेवी नगरपालिकाको मुडवलवामा कात्तिक २४ गते शुक्रबार सोही पालिकाको ७ नम्बर स्थित श्री नेमधारी बासुदेव माध्यमिक बिद्यालयमा अध्ययनरत छात्रमाथी छुरा प्रहार भएको थियो । सोही पालिकाको ६ नम्बर वडाका नागेन्द्र प्रसादका १८ बर्षीय छोरा राहुल साह छुरा प्रहारबाट घाईते भए । उनलाई ४ जना मिलेर पटक पटक छातीमा छुरा प्रहार गरेका थिए । राजदेवी न.पा ६ का राहुल गुप्ताले अन्य तीन जनाको सहयोगमा छुरा प्रहार गरेका थिए । सोही पालिकाका मुकेश कुमार गुप्ता,मनिष कुमार गुप्ता र विनोद साहले राहुल साहलाई पकडेर राहुल गुप्ताले छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भिर घाईते भएका राहुललाई शिक्षकहरुको सहयोगमा प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएपनि त्यहा उपचारसम्भव नभएपछि एल.एस न्युरो अस्पताल परवानीपुर,बारामा उपचारका क्रममा कात्तिक २७ गते सोमबार बिहान ५ बजेर ४५ मिनेटमा मृत्यु भयो । मृतक राहुलका बाबुले छोराको मृत्युपछि घाउ जाँचको निवेदन एवम ज्यान मार्ने उद्योगमा राहुल गुप्ताको बिरुद्द प्रहरीमा किटानी जाहेरी दिएको भएपनि छाोराको उपचारका क्रममा आफुलाई ४ जना मिलेर छुरा प्रहार गरेको भनेपछि पुनः ४ जना बिरुद्ध जाहेरी दिएकोमा राहुल गुप्ता र मनिष झा बिरुद्द मात्र जाहेरी दर्ता गरेको र मुकेश कुमार गुप्ता र विनोद साहलाई प्रहरी र सरकरी वकिल कार्यालयले रकम चलखेल गरेर उन्मुक्ति दिएको मृतकका बुबा नागेन्द्र प्रसाद र परिवारका अन्य सदस्यहरुको आरोप छ । मनिष झा बिरुद्ध जाहेरी दर्ता भएपनि हालसम्म पक्राउ नगरेको भन्दै प्रहरी र सरकारी वकिल कार्यालयसंग आक्रोशित छ्न ।