ट्रकको ठक्कर बाट मृत्यू, सनाखत हुन सकेन

रौतहट । चन्द्रपुरमा पहिचान नखुलेको एक पुरुषको ट्रकको ठक्कर बाट ज्यान गएको छ । पुस १० गते बिहान करिव ४ बजे
जिल्ला रौतहट चन्द्रपुर न.पा. २ स्थित पुर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने पौराई जंगल सडक खण्डमा हेर्दा पहाडी मुलको जस्तो देखिने पातलो शरिर, उचाई ५ फिट ६ ईन्च, निलो खैरो रंगको बुट्टा भएको सर्ट भित्र निलो आकासे रंगको टिसर्ट, खरानी रंगको जिन्स पैन्ट भित्र निलो रंगको कट्टु लगाएको, पाइन्टमा निलो रंगको कपडाको बेल्ट लगाएको, दुवै खुट्टामा हरियो रंगको स्पोर्ट जुत्ता लगाएको, कपाल कालो छोटो, निधारको भागमा कपाल नरही तालु खुईले रहेको, ठिक्कको कालो दाह्री जुंगा भएको, अन्दाजी ३५/४० बर्षको पुरुष व्यक्तीको दुर्घटनामा मृत्यू भएको प्रहरीले जनाएको छ ।
ट्रक ले ठक्कर दिई मृत्यु भएको मृतक को सनाखतको लागि प्रादेशिक अस्पताल रौतहट गौरको शव गृहमा राखिएकोले चिन्नुहुने व्यक्तिले इलाका प्रहरी कार्यालय चन्द्रपुरको ९८५५०९०१६६ र ९८५५०१५२१३ मा सम्पर्क गरी वा आवश्यक कागजात सहित उपस्थित भई सनाखत गरी सहयोग गर्नुहुन अनुरोध गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles