स्थापना दिवसको अवसरमा संकल्प साकोसद्वारा वक्तृत्वकला प्रतियोगिताको आयोजना

चन्द्रपुर । संकल्प बचत तथा ऋण सहकारी सस्था लिमिटेड को १६ औ स्थापना दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिताको आयोजना भएको छ ।
चन्द्रपुर ५ स्थित माउन्ट एभरेस्ट आ माबि मा चन्द्रपुर नगर भित्रका सामुदायिक तथा सस्थागत बिधालयका कक्षा १० सम्मका विद्यार्थीको लागि “आर्थिक तथा सामाजिक बिकासमा सहकारीको भुमिका ” बिषयमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।
कार्यक्रममा नगर भित्रका १६ वटा बिधालयका छात्रछात्रा सहभागी भएका थिए ।
प्रतियोगी मध्य चन्द्रपुर ४ स्थित पाथीभरा माबि का छात्र प्रबीज्ञ तिमल्सिना प्रथम ,चन्द्रपुर १ स्थित बागमती मा बि कि छात्रा सुभद्रा थापा द्दितिय र चन्द्रपुर ८ स्थित होलिभिजन एकेडेमीकि छात्रा कृतिका बजगाइ तृतीय हुन सफल भएका छन ।
प्रथम ,दितिय र तृतीय हुने छात्र छात्रालाई नगद क्रमशः तीन,दुई र एक हजार प्रदान गरिने छ ।
कार्यक्रमको अध्यक्षता सहकारी सस्थाका अध्यक्ष बिभु कुमार पोखरेलले गरेका छन ।
प्रमुख अतिथि चन्द्रपुर न पा वडा न ५ का अध्यक्ष निलहरी कोइराला र अतिथि हरुमा चन्द्रपुर न पा शिक्षा शाखाकी जुना तिमल्सिना ,प्याब्सन मधेस प्रदेश अध्यक्ष दिपक रेग्मी ,माउन्ट एभरेस्टका प्रीन्सिपल अच्युत हुमागाइ ,संचालक उमेश बास्कोटा लगायतको रहेको थिए ।
हाजिरजवाफ प्रतियोगिताका निर्णायकमा पुर्व शिक्षकहरु इन्द्रराज अधिकारी ,भरत प्रसाद आचार्य र ठाकुर प्रसाद उपाध्याय रहेका थिए ।
कार्यक्रममा सस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक गणेश पौडेलले स्वागत र सन्चालन सचिब केबि थापा र सह सचिब चिरञ्जीवी गौतमले गरेका थिए ।
कार्यक्रमको संयोजन सस्थाको सामाजिक कृयाकलाप उप समिति संयोजक भरत प्रसाद अधिकारी थिए ।
कार्यक्रममा सस्थाका संचालक ,कर्मचारी ,शिक्षक बिद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बिगत बर्षहरुमा स्वास्थ्य शिविर,रक्तदान ,साहित्यिक गोष्ठी ,खेलकुद ,बिरामिलाइ हर्लिक्स बितरण ,जेष्ठ सदस्यहरु सम्मान ,सरसफाइ ,निबन्ध लेखन प्रतियोगिता जस्ता कार्यक्रम सन्चालन गरेर समाजमा भुमिका खेल्दै आएको छ । पुस २१ गते करीव ५ सय शेयर सदस्य उपस्थित गराइ पुरस्कार ,सम्मान लगायत विविध कार्यक्रम गरि भब्य रुपमा मनाउने तयारी गरियको जानकारी अध्यक्ष बिभु पोखरेलले जानकारी दिएका छन ।
बिगत १६ बर्ष देखि संकल्प साकोसले चन्द्रपुर नगरपालिकामा सामाजिक तथा आर्थिक बिकासमा उल्लेखनीय योगदान प्रदान गर्दै आएक‍ो छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg