चन्द्रपुर । रास्ट्रीय स्वतन्त्र पार्टी “रास्वपा”ले रौतहटको चन्द्रपुनिगाहपुरमा बिरोध प्रदर्शन गरेको छ । ललितपुर बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका २ जना युवाको न्यायको लागि र देशमा भएका ठूला ठूला भ्रष्टाचार र बेथितिको काण्ड बारे सरकारसंग प्रश्न गर्न बिरोध प्रदर्सन गरिएको चन्द्रपुर नगरसभापती उदय सापकोटा सुरेनले बताए ।
सरकारको आडमा भएका विभिन्न भ्रष्टाचार र काण्डको बिरोध गर्न शान्तिपूर्ण आन्दोलन गरिएको सभापती सापकोटाले बताए । १ घण्टे बिरोधको कार्यक्रम मा प्रधानमन्त्री र गृह मन्त्रीको पुत्ला अगाडि राखेर ठूला काण्डका प्रश्न लेखिएका प्लेकार्ड राखेर बिरोध प्रदर्शन गरिएको थियो ।