चन्द्रपुर । रौतहटको चन्द्रपुर–५ मा गएराती भएको दुर्घटनामा २ भारतीयको मृत्युु भएको छ । ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले नुनथरबाट आउँदै गरेको अटोलाई ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको हो । वाग्मतीको नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । अटोमा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ।
मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर आएका थिए । साँझ उनीहरु टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको थियो । उनीहरुको शव नारायणी अस्पतालमा राखिएको छ । चार जना घाईतेको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ भने ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।