होली हंगाका लागि अष्ट्रेलिया उडे कलकार

रौतहट ।होली पर्वको अवसर पारेर अष्ट्रेलियामा हुने “होली हंगामा कन्सर्ट” २०२४ का लागि ख्याती प्राप्त कलकार त्यस तर्फ पूस्थान गरेका छन् । सिड्नीमा मार्च २३ मा हुने होली हंगामा कार्यक्रमका लागि मैथिली गायक जागेश ठाकुर र गायिका अन्नु चौधरी त्यस तर्फ गएका हुन् । एसोसिएसन अफ नेपाल, तराई अष्ट्रेलियाले आयोजनामा हुने सो कार्यक्रमको भिसा पाटर्नर युनिकटर्न एजुकेशन एन्ड माइग्रेशन नेपाल हो । यूनिकर्टन नेपालकी निर्देशक रेखा कुमारी गुप्ताले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौँमा कलकारलाई उतm कार्यक्रमको सफल शुभकामना सहित विदाई गर्नुभएको हो । देशको गहनाका रुपमा रहेका कलकारले होली पर्वको अवसरमा प्रस्तुती दिने भएकाले कार्यक्रममा सहभागी हुन उहाले आग्रह गर्नुभएको छ । तराई मधेशमा होली पर्वको आफ्नो मौलिक विशेषता रहेकाले यसलाई जोगाउन र अष्ट्रेलियामा रहेका नेपालीहरुसंग मिलेर मनाउनका लागि यो कार्यक्रमको आयोजना गरीएको उहाँले प्रष्ट पार्नुभयो । अष्ट्रेलियाको सिड्नीस्थित इन्द्रेणी फङ्सन सेन्टरमा आयोजना हुने कार्यक्रमका लागि उपस्थिती हुन समेत उहाले अनुरोध गर्नुभएको छ । उतm कार्यक्रममा गायिका अनु चौधरी जागेश ठाकुरका साथै दीपक लिम्बू, भोजपुरी सुपरस्टार रितेश पाण्डे र जेनिशा गौतमको प्रस्तुति रहने छ ।कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन लागि नेपालबाट विभिन्न भाषाका विभिन्न कलाकारहरूलाई आमन्त्रण गरिएको हो । मुख्य प्रायोजकको तर्फबाट युनिकटर्न एजुकेशन एन्ड माइग्रेशनका तर्फबाट सनत गुप्ताले एन्टालाई सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको विषय रहेको बताउनुभयो । हिमाल पहाड तराई कोही छैन पराई भन्ने सन्देश बोकेर सिड्नीमा एन्टाले होली महोत्सवको आयोजना गरेको उहाले उल्लेख गर्नुभएको छ । तराई–मधेशको होली संस्कृति अनुसारका परिकार सहित भोजपुरी र मैथिली खानाको स्वाद समेत लिन पाइने आयोजकले जनाएको छ । नेपालको तराइ क्षेत्रबाट अष्ट्रेलिया आई बिभिन्न पेशा ब्यबसाय अध्यायन एबं अध्यापनमा रहेकाहरु बिच साथ सहयोग र भाइचारा बढाउने उदेश्यले साझा चौतारीको रुपमा एन्टा स्थापना भएको अध्यक्ष रन्जित साहले बताउनुभयो । एन्टाले सिड्नीमा नेपालको तराई–मधेश क्षेत्रमा विशेष मनाइने छठ, होली लगायत चाडपर्वहरुमा कार्यक्रम आयोजना गर्दै आएको उहाको भनाई छ । एशोशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) न्युसाउथ वेल्स राज्यमा दर्ता भएको मधेशी समुदायको पहिलो र सबैभन्दा पुरानो संस्था भएको उहाले उल्लेख गर्नुभएको छ । सन् २००८ मा स्थापना भएको एन्टाले होली, इद लगायतका पर्वमा कार्यक्रम गर्दै आएको छ ।अस्ट्रेलियामा बसोबास गरिरहेका तराईवासीहरूको संस्था एशोसिएशन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) ले मौलिक पर्वको अवसरमा विविध कार्यक्रम गर्दै आएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles