शैक्षिक माफिया मण्डलको चन्द्रपुरमा जगजगी

रौतहट, ७ वैशाख । “न्याय नपाए गोर्खा जानू,चिट चोरेर पास हुन रौतहट आउनु”भन्ने उखान चर्चामा छ । राजनीतिक आवरणमा जे गरेपनि हुन्छ भन्ने रौतहटको चन्द्रपुर नगरपालिकाका बिद्यालय निरीक्षक तथा शिक्षा संयोजक दिपेन्द्र मण्डलको कर्तुतले प्रस्ट पार्छ । उनी रौतहटमा कार्यरत भएको १ दशक भन्दा बढी समय हुँदा समेत सरुवा नहुनुले नेताको संरक्षण रहेको प्रस्ट हुन्छ । मण्डलले समाचार नलेख्न,मेटाउन केही बिध्यालयका प्रधानाध्यापक र शिक्षकलाई समाचार लेख्ने पत्रकारको घरमै गएर धाक धम्की दिनेदेखी आर्थिक प्रलोभन समेत दिन थालेका छन ।
मण्डलले नियमकानुनको धज्जी उडाउदै आर्थिक चलखेल गर्नमा ब्यस्त रहेको समाचार श्रोतले जनाएको छ ।
लामो समय  चन्द्रपुर नगरपालिकामा कार्यरत रहेका मण्डल आर्थिक चलखेलको आधारमा मातहतका विभिन्न विद्यालयमा कोटा तथा सेवा अवधी मिलाई दिने गरेको गम्भीर आरोप छ ।
जस्तो सुकै गैरकानुनी कार्य मिलाउन  माहिर रहेका विद्यालय निरीक्षक मण्डलले आर्थिक चलखेल गरेर लाखौं रुपैया कमाएर चन्द्रपुरमै घडेरी लिएर पक्कि घर समेत बनाई सकेका छ्न ।
लामो समयदेखी चन्द्रपुर नगरपालिकामा धाक जमाएर बसेका मण्डल केही नेताका निकटत मानिन्छन् । अनियमित तवरबाट धेरै काम गराउन सफल रहेका मण्डल पछिल्लो समयमा चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मरधर स्थित मेनुका सिमसार प्राथमिक विद्यालय,दलित प्राबी बेतौना कमाउने श्रोत बनेको छ । शिक्षक सरुवा देखि दरबन्दी मिलानमा ५० हजार देखि २ लाख सम्म लिएर काम गर्ने गरेको नाम नबताउने सर्तमा एक शिक्षकले दुखेको पोखे ।
मर्धरस्थित मेनुका सिमसार प्राबीमा ३० जना विद्यार्थीहरुमा ७ जना शिक्षक शिक्षिकाहरु रहेको छन् । ३० जना विद्यार्थी संख्यालाई ३०० देखाएर दिवा खाजामा चरम आर्थिक अनियमितत गर्दै आएका मण्डललाई जोगाउने कार्यमा नगरपालिका सक्रिय रहेको छ।
बिद्यार्थीनै नरहेको बिद्यालयमा कागज मिलाएर दिवा खाजा खर्च तथा बिद्यालयमा पक्की भवन निमार्ण भन्दै लाखौं रकम कुम्ल्याएको मण्डल चन्द्रपुर ८ बेतौना स्थित दलित प्राबीमा राहत कोटामा आफ्नो श्रीमती विमला मण्डललाई शिक्षिकाको रुपमा जागिर लगाएका छन् । विद्यालयमा विद्यार्थी संख्या पनि नहुँदा कृत्रिम विद्यार्थीहरुको लगत आइएमएस प्रणालीद्धारा खडा गरेर चर्को दिवा खाजा देखि लिएर भवन निर्माणमा चरण आर्थिक अनियमितता गर्दै आएका मण्डल विरुद्ध अहिले स्थानीयहरु खनिएतापनि नगरपालिका मुकदर्शक बनेर बसेका छन् ।
मण्डलले चन्द्रपुर नगरपालिका भित्र रहेका विभिन्न सामुदायिक बिद्यालयहरुमा दरबन्दी विपरीत शिक्षक हेरफेर गरी अकुत भ्रष्टाचार गरेर शिक्षण पेशालाई आफ्नो कठपुतली बनाएको गम्भीर आरोप छ ।  स्रोतका अनुसार विद्यालय निरीक्षक पदमा कार्यरत मिण्डल निजी बिद्यालय दर्ताको लागि ५० हजार देखि ५  लाख सम्म रकम  घुस लिने गरेका छन् ।
स्थानीय तहमा विद्यालय निरीक्षक मण्डलको कर्तुत बारे कयौं पटक गुनासो गर्दा समेत नगरपाकिलाबाट ढाकछोप गर्ने कार्य मात्रै भएको हुँदा अब बाध्य भएर माथिल्लो निकायमा उजुरी गर्ने तयारीमा स्थानिय छ्न ।
उनी बिरुद्ध छिटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र सम्पत्ती शुद्धिकरणमा  लिखित उजुरीको तयारीमा शैक्षिक क्षेत्रलाई माया गर्नेहरुको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles