चम्किला तारा:मण्डलको बचाउ गर्दै आएका मास्टर को हुन ? (अडिओ सहित)


चन्द्रपुर । बैशाख १६ गतेका दिन पवन कुमार घिमिरेले चम्किला तारा बनाएका नगर शिक्षा अधिकारी दिपेन्द्र कुमार मण्डल तेसै तारा बनेका हैनन्।

चन्द्रपुर नगरपालिकामा  लामो समय देखि शिक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै  आएका मण्डल चन्द्रपुर नगरपालिकाको शैक्षिक स्तर उकास्न हैन आसेपासे पोस्न र निजी स्वार्थमा लिप्तहुने कर्मचारी हुन् । शिक्षामा सुधार  त “एका देशको कथा” उनी र उनका आसेपासेका लागी राम्रा कहलिएका कर्मचारी हुन् उनी ।

बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यवस्थापन समितीका पधाधिकारी भेट्ने, कमिसनमा बार्गेनिङ गर्ने,पदस्थापन र दर्बन्दीमा चलखेल गर्ने दैनिकीनै उनको बनेको सेरोफेरोमा आफ्नो श्रीमतीको जागीर जोगाउन एक पात्र जुनकिरीझै झुल्किनु नौलो भने हैन ।

जागिर जोगाउन दिउसै जुनकिरी देख्ने ती पात्रले  दिपेन्द्र कुमार मण्डलको दैनिकीको बख्यान गर्न  बिद्यालय  अनुगमन देखि शैक्षिक कार्यक्रममा सहभागी हुनु मण्डलको ऐतीहासिक उपलब्धी मात्र हैन  विशेषता नै हो भन्न समेत भ्याउनु रहस्यपुर्ण र अर्थपुर्ण छ ।

सुनौ चन्द्रपुर ८ स्थित दलित जनजागरण प्राबिका प्रधानाध्यापक सोनेलाल यादबका कुरा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles