उधोग वाणिज्य संघ चन्द्रपुर अब आफ्नै भवनबाट संचालन हुने

चन्द्रपुर । चन्द्रपुर नगर उधोग वाणिज्य संघको मंगलबार बसेको बैठकले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । बैठकले देउराली चोकमा रहेको चन्द्रपुर नगर उधोग वाणिज्य संघको कार्यलय बुधबारबाट आफ्नै नवनिर्मित भवन बाट सेवा दिने जनाएको छ । त्यस्तै फागुन ५ गते देखि १७ गते सम्म हुने चौथो चन्द्रपुर महोत्सव भव्यताका साथ सम्पन्न गर्न प्रदेश सरकार र स्थानिय सरकार लगाएत चन्द्रपुर नगरमा भएका सम्पुर्ण संघ संस्था संग समन्य गर्ने निर्णय गरेको महासचिव जनकराज भारतीले जानकारी दिए । भारतीका अनुसार चन्द्रपुर नगर उधोग वाणिज्य संघको वार्षिक साधारण सभा २०८१ चैत्र ०९ गते शनिवार विहानको ११:०० बजे आफ्नै भवनमा गर्ने निर्णय समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles