मर्यादित ढङ्गले “फागु”पर्व मनाउन रौतहट प्रशासनको आग्रह

रौतहट । फागु पूर्णिमा मर्यादित ढंगले मनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ । एक सूचना
जारी गर्दै नेपालमा मनाइने विभिन्न चाडपर्वहरु मध्ये सांस्कृतिक पर्वका रुपमा रंग, अविरले मनाईने फागु पूर्णिमा (होली पर्व) आपसी सद्भाव र सौहाद्रता बृद्धि होस् भनी यस रंगको पर्वोत्सवमा सम्पूर्ण जिल्लावासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खडकाले मर्यादित रुपमा मनाउन आग्रह गर्दै गर्दछु अर्काको इच्छा विपरित होलीको बहानामा जबरजस्ती रंग दल्ने, हानिकारक प्रकारका र‌ङ्गका बस्तुहरु दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, बाटोमा हिड्ने जो कोही व्यक्तिहरुलाई रंग लगाउने, फोहर छ्याप्ने तथा अनावश्यक दुःख हैरानी दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादकपदार्थ सेवन गरी सार्वजनिक शान्ति सुव्यवस्थामा असर पुऱ्याउने जस्ता कार्य प्रचलित कानूनको विपरित नगर्न अनुरोध गरेका छ्न ।
कसैको इच्छा विपरित एवम् स्वीकृति वेगर उल्लेखित कार्य नगर्नु नगराउनुहुन र जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने र‌ङ्गका बस्तुहरु, केमिकल, प्लाष्टिकजन्य लोला आदि प्रयोग नगर्नु नगराउनु हुन समेत उनको अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles