बृन्दावन । जंगली बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ । वृन्दावन नगरपालिका-१ बलेरी खोरमा किसानको खेतमा आउने जंगली जनावर बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर स्थानीय ४५ बर्षकि फुलमतिया देबिको मृत्यु भएको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
स्थानिय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा सोही खेतको बाटो हुदै आउने क्रममा ४५ फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको थियो । महिला मृत अवस्थामा भेटेपछि सुशिल विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट ४ किलोमिटर उत्तर तर्फको रामलाल साझेदारी वनमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आज भएको पत्रकार सम्मेलनमार्फत प्रहरीले विश्वकर्मा र पटेललाई सार्वजनिक गर्दै
फुलमतिया देवी आफ्नो गोठ बाट घरतर्फ फर्किने क्रममा विद्युतीय धरापमा करेन्ट लागेर मृत्यु भएपछि दुवै जनाले जंगलमा गाडेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले बताए ।
चैत्र १४ गते हराएकी महिलाको शव १९ गते गाडिएको अवस्थामा फेला परेको थियो ।
पक्राउ परेका दुवै जनालाई प्रारम्भिक अनुसन्धान पश्चात कर्तव्य ज्यान मुद्दा चलाउने गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।