फतुवाबिजयपुर । रौतहटको फतुवाबिजयपुर १ मा बाटो स्तरउन्नतीको काम सुरु भएको छ । पैतिस लाख रुपैयाको लागतमा स्तरउन्नतिको कामको आज एक कार्यक्रमका बिच फतुवाबिजयपुरका मेयर प्रत्यासी बुधाई खा पैठानले सिलान्यास गरेका छ्न ।

उपभोक्ता समिती मार्फत कार्यसम्पन्न हुने सो योजना आउदो असार १५ गते सम्म सम्पन्न हुने बताईएको छ । युवा नेता तबरेज खानको विशेष पहलमा बाटो स्तर उन्नतिको योजना आएको स्थानीय बताउछ्न ।

सिलान्यास कार्यक्रम सोही वडाका वडाध्यक्ष बिजय कुमार यादबको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा ५ नम्बरका वडाध्यक्ष सेख एजाज अहमद,वडा नम्बर ६ का वडाध्यक्ष राम एकबाल राय यादब,बिरेन्द्र प्रसाद यादब,मोबिन आलम,इस्लाम नेता,अफ्ताब नेता, कलाम अन्सारी, अदुद मोगलान,कमुल्लाह शेख,रौशन खा,पसिन्द्र राय यादब,शेख सुखल लगायत अन्य समाजसेवी र स्थानीय बासिन्दाको उपस्तिथि रहेको थियो ।