पञ्चकन्या गाउँपालिकाका प्रतिनिधि र प्रदेश ३ का मुख्यमन्त्री लामा संग योजना बिनियोजनको बिषयमा छलफल

हेटौंडा – नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकाका अध्यक्ष र समाजसेवीहरु प्रदेश नम्बर ३ का मुख्यमन्त्रीसंग योजना बिनियोजनको बिषयबस्तुमा छलफल गरेका छन ।
सोमबार हेटौंडा स्थित मुख्यमन्त्री कार्यालयमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री बहादुर सिंह लामा र उहाँको मुख्य राजनीतिक सल्लाकार बिनोद शाह संग पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तथा समजसेवीहरु आर्थिक बर्ष ०८२/८३ को लागि बजेट बिनियोजनको बिषयबस्तुमा छलफल गरेका हुन । पञ्चकन्या गाउँपालिकाका विभिन्न वडाहरुमा बिकास निर्माणको कार्यहरुको लागि बजेट बिनियोजन गरेर गाउँपालिकाको स्तर उन्नति गर्ने उदेश्यले गाउँपालिकाका अध्यक्ष एवं पाँच वटा वडाका वडाध्यक्ष मुख्यमन्त्री लामा संग छलफल गरेको नेपाली कांग्रेस पञ्चकन्या गाउँपालिका सभापति माधव खनालले जानकारी दिएका छ्न ।

खनालले भने पञ्चकन्या गाउँपालिकाका पाँचवटा वडाको जनगुनासोलाई मध्यनजर गर्दै गाउँपालिकाका प्रतिनिधिहरु मुख्यमन्त्री कार्यालय पुगेका हौ, छलफल संतोषजनक भएको छ ।

छलफलमा पञ्चकन्या गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष महानन्द ढकाल, २ नम्बर वडाका वडा अध्यक्ष रामशरण श्रेष्ठ, नुवाकोट जिल्लाका क्षत्रीय कोषाध्यक्ष गोकर्णराज पण्डित र युवा व्यवसायी एवं समाजसेवी निर्मल पण्डितको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles