रौतहट : पर्यटन बिकास कार्यालय रौतहटले एक सार्वजनिक सुचना बारे पत्राचार गरेको छ ।
आईतवार पर्यटन बिकास कार्यालय रौतहटले कार्यालयको आधिकारिक प्रतिनिधि मार्फत पत्रचार भएको पत्रलाई मात्र मान्यता दिने भन्दै पत्रचार गरेको हो । सो कार्यालयको नाममा अनाधिकृत व्यक्तिले पर्यटन बिकास कार्यालयको आधिकारीक व्यक्ति हु भन्दै उपभोक्ता समिति संग सम्बन्धित योजनाको चिठि पत्रहरु रौतहट तथा सर्लाही जिल्लाका बिभिन्न स्थानमा पुरानो मितिमा चिठि पत्रहरु बिक्रि बितरण भईरहेको भन्ने जानकारी कार्यालयले पाएको हुदा पत्रचार गरिएको कार्यालयका निमित्त कार्यालय प्रमुख राजेश काफ्लेले जानकारी दिएका छन् ।

उनी केही दिन अगाडिनै पर्यटन बिकास कार्यालय गौरका निमित्त कार्यालय प्रमुखमा न्युक्त भएका थिए ।