जन स्वास्थ्य माथि उद्योगी व्यापारीको चरम लापरवाही,दुई जना पक्रउ

रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा गुणस्तरहिन पाउरोटी उत्पादन गरि बिक्रि बितरण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर चारका लक्ष्मी पाउरोटी उद्योगका संचालक शेख मनिर र शेख जावेर रहेका छन् ।
गुणस्तरहिन पाउरोटी उत्पादन गरि बिक्रि वितरण गरेर उपभोक्ताको स्वास्थ्य माथि खेलवाड भईरहको भएपनि चन्द्रपुर नगरपालिका अनुगमन समिति,उपभोक्ता हित संरक्षण मंच रौतहट तथा खाद्य तथा गुणस्तरण नापतौल विभागले कुनै चासो लिएको देखिएको छैन् ।
खाद्य तथा गुणस्तरण नापतौल विभाग, बिरगंज कार्यालयबाट यस अघि अनुगमनका क्रममा उत्पादन भएको खाद्यान्नहरु गुणस्तरहिन पाईएको थियो । पटक पटक सचेत गराउदा पनि पाउरोटी उद्योगका संचालकहरु अटेरी गर्दे आएको छ । उपभोक्तहरुको स्वास्थ्यमा असरपर्ने खाद्यान्नहरु उत्पादन भएता पनि सरोकारबाला सम्बन्धित निकाय मौन रहनाले उपभोक्ता तथा जनस्वास्थ्य माथि खेलवाड गर्ने क्रम बढेको हो । जन स्वास्थ्यमाथि चरम लापरबाही उद्योगी एवं व्यापारीहरुले मिसावट तथा गुणस्तरहीन उपभोगीय बस्तुहरु बजारमा छ्याप्छ्याप्ती बिक्रि वितरण भएपनि नियमनकारी निकायहरु मौन रहदा बालबालिका तथा बृद्ध समेतको स्वास्थ्यमा प्रतिकुल असर गर्दै आएको छ । सम्पुर्ण चन्द्रपुर नगरबासीले यस्ताखाले उद्योगी व्यापारीलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै आएको नेकपा माओवादीका स्थानिय युवा नेता बिनोद दुलालले बताएका छन् ।

दण्डहिनता,कमजोर अनुगमनका कारण उद्योगी व्यापारीहरुको होसला बढ्न पुगेको उपभोक्ता हित संरक्षण मंच रौतहटका अध्यक्ष टिका घिमिरेले जानकारी दिएका छन् ।
चन्द्रपुर नगरपालिका अनुगमन समितीका संयोजक तथा उपमेयर जयमाला चौधरीले यस सम्बन्धमा कार्वाही स्वरुप रु पच्चिस हजार जरीवाना तोकेपनि हाल सम्म सो रकम दाखिला नभएको बताईन् । उनले यस्ता अटेरी गर्ने उद्योगी व्यवसायीलाई एन कानुन अनुसार थप कार्याहरी गर्ने प्रतिबद्धता जाहेर गरीन् ।
यस सम्बन्धमा रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले खाद्य एन कानुन अनुसार कानुनी कार्वाहरी चल्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles