“जय नेपाल कप” सिन्दुरेघारी बहुमुखी क्याम्पस ५ बिकेटले बिजयी

चन्द्रपुर : रौतहटको चन्द्रपुरमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
आज मंगलवारबाट चन्द्रपुर नगरपालिका वडा नम्वर ८ कोटिहोम खेल मैदानमा नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा “जय नेपाल कप” अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा जिल्लाका ८ वटा क्याम्पसको क्रिकेट टिम सहभागी रहेको जनाइएको छ । दुई ग्रुपमा विभाज गरिएको छ । विभाजित खेल समूह ‘ए’ मा गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), मध्य रौतहट मल्टिपल क्याम्पस (गरुडा), सुरत रामकेवल मल्टिपल क्याम्पस (गुजरा), कटहरिया मल्टिपल क्याम्पस (कटहरिया) रहेका छ्न ।
यसैगरी समूह ‘बी’ मा सिन्धुरेघारी मल्टिपल क्याम्पस (चन्द्रपुर), श्रीदेवी सीटीइभीटी कलेज (मधवनारायण), लक्ष्मी श्री मल्टिपल क्याम्पस (समनपुर) अभियान एजुकेशनल कन्सल्टेन्सी (गौर) रहेका हुन् ।
प्रतियोगिताको लिग म्याच बैशाख २३ देखि २९ गतेसम्म सञ्चालन हुने छ । बैशाख ३० गते सेमिफाइनल र ३१ गते दिउसो फाइनल खेल हुने आयोजक समितिले जानकारी दिएको छ ।
विजेता टिमलाई १ लाख र उपविजेता टिमलाई ५० हजार पुरस्कार व्यवस्थापन गरिएको छ । मौसमका कारण खेल प्रभावित भएमा समूह चरणमा अंक बराबरी बाँडिने र नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको कार्यक्रम संयोजक देवराज कार्कीले जानकारी दिएका छन् ।
आज मंगलवार उद्घाटन खेल समुह बी लक्ष्मी श्री बहुमुखी क्याम्पस र सिन्दुरेघारी बहुमुखी क्याम्पस बिच सम्पन्न भएको थियो । लक्ष्मी श्री बहुमुखी क्याम्पसले २० ओभरमा ९३ रन बनाएको थियो भने सिन्दुरेघारी बहुमुखी क्याम्पसले १९ ओभर ३ बलमा टार्गेट पुरा गर्दै ५ बिकेटले जित हासिल गरेको बिद्यार्थी नेता गोपाल हुमागाईले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles